अमेरिका भ्रमणमा जाँदै परराष्ट्र मन्त्री साउद

काठमाडौँ- परराष्ट्र मन्त्री एनपी साउद अमेरिका भ्रमणमा जाने भएका छन्। सन् २०१८ पछि पहिलो पटक नेपाली परराष्ट्र मन्त्रीले अमेरिकाको औपचारिक भ्रमण गर्न लागेका हुन्।

साउद अर्को साता अमेरिका जाने भए पनि उनको भ्रमणको कार्यतालिका टुङ्गो लाग्न बाँकी छ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस कात्तिक १२ गते नेपाल आएपछि उनीसँग भेट गर्ने र त्यसपछि मन्त्री साउदको अमेरिका भ्रमणको कार्यतालिका तय हुने छ।

अमेरिका भ्रमणका बेला परराष्ट्रमन्त्री साउदले समकक्षी एन्टोनी ब्लिन्केनसँग भेटघाट गर्ने तय भएको छ।

सन् २०१८ को डिसेम्बरमा अमेरिका भ्रमण गरेका तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समकक्षी माइक पम्पेओलाई भेटेका थिए।

साउद यसअघि संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै अमेरिका गएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *