गृहमन्त्रीको स्वास्थ्य अवस्था खतरामुक्त : सरकार
काठमाडौं- सरकारले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताएको छ ।
गृहमन्त्री श्रेष्ठ चीन भ्रमणमा रहेका बेला गएराती छातीमा समस्या देखेपछि अस्पताल भर्ना भएका थिए । उनलाई माइन्ड हटट्याक भएको थियो । उनको अप्रेसन गरि रोकिएको रक्त नली खुलाउने कार्य भईसकेको छ ।
उनी चीनको वेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा उपचार गराईरहेका छन् । उनलाई दुई दिन आईसियुमा राखेरै निगरानी गरिने अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्थाबारे सरकारले खतरामुक्त रहेको जनाएको छ । मनित्रपरिषद्को बैठकपछि सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले उपप्रधान तथा गृहमन्त्री खतरामुक्त रहेको जानकारी दिएकी हुन् ।
‘चीन भ्रमणमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएका कारण बेइजिङस्थित अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँ अहिले खतरामुक्त हुनुहुन्छ,’ सञ्चारमन्त्री शर्माले भनिन् ।
प्रतिक्रिया