रास्वपाले दशैंमा आउने उपहार स्वीकार नगर्ने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले दशैंमा आउने उपहार स्वीकार नगर्ने भएको छ । दशैंमा शुभकामनासहित विभिन्न् उपहार नेता विेशष र पार्टीलाई तोकेरै आउन थालेको भन्दै त्यस्तो उपहार स्वीकार नगर्ने रास्वपाले जनाएको हो ।

विभिन्न ब्यक्ति संघ/सस्थाहरुले दशैंमा शुभकामनासहित उपहार पठाउने चलन छ । त्यस्तो उपहार रास्वपाले वीकार नगर्ने नीति बनाएको रास्वपा अध्यक्ष रवि लामिछानेले सामाजिक सन्जलमार्फत जानकारी गराएका छन् ।

‘पर्व वा सन्दर्भ विशेषमा शुभकामनासहित उपहार अदान(प्रदान गर्ने सर्वव्यापी चलन छ। जुन हार्दिक सम्बन्ध निरन्तरताको कामनासँग जोडिन्छ। व्यक्तिको भावनात्मक पक्षसँग जोडिएको यो चलन अत्यन्तै सकारात्मक हुँदा(हुँदै पनि राष्ट्रिय स्वतन्त्र पार्टीले भने उपहार स्वीकार नगर्ने नीति लिएको ,’ लामिछानेले सूचनामा भनेका छन् ।

उनले पूर्वसूचना बेगर पार्टी र नेता विशेषको नाममा केन्द्रीय कार्यालय, वनस्थलीमा उपहार पठाउने क्रम सुरु भएकाले पार्टीको नीति सार्वजनिक जानकारीका लागि अवगत गराएको बताएका छन् ।

साथै उनले आफनो लागि पनि कुनै उपहार नबोक्न आग्रह् गरेका छन् । उनले भनेका छन्,–‘मेरा लागि पनि प्रत्यक्ष वा अप्रत्यक्ष ९कोहीरकसैमार्फत० उपहार पठाउने कष्ट नगर्न अनुरोध छ। जुनसुकै व्यक्ति वा संस्थासँग पार्टीको सम्बन्ध उपहारको आकर्षणले भन्दा ऐजेण्डाप्रतिको ऐक्यवद्धताले निर्धारण गर्ने भएकाले यो नीतिलाई सकारात्मक सुरुआतको रुपमा ग्रहण गरिदिनुहुन सम्वद्ध सबैमा आग्रह गर्दछु।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *