चाहियो भन्दैमा दुई महिनामा भैंसी ब्याउँदैन : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी ओेलीले पार्टीमा संयमतापूर्वक सक्रिय हुन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा उनले सदस्यता लिने बित्तिकै ठूलो पद प्राप्त गर्न प्रयास गर्ने गरेको भन्दै उनले पार्टीको पनि प्रकृतिको जस्तै नियम हुने तर्क गरे ।

सदस्यता लिएको भोलिपल्टै ठूलो पद ताक्न नहुने भन्दै उनले भने, ‘तपाईंलाई चाहियो भन्दैमा दुई महिनामा भैंसी ब्याउँदैन । कुनै पनि चीज प्रकृतिमा अनुशासन छ । प्रकृतिमा नियम छ । र, मानव समाजमा पनि अनुशासन नियम चाहिन्छ अनि मात्रै त्यसले सफल परिणाम प्राप्त गर्छ ।’

प्रकृतिबाट अनुशासन सिक्न आवश्यक रहेको बताएका ओलीले कसैले चाहँदैमा प्रकृतिले आफ्नो स्वरुप नबद्ने भन्दै एमाले पनि प्रकृति जस्तै नियममा हिँडिरहेको जिकिर गरे ।

त्यस्तै पछिल्लो समय समाजमा अराजकता बढेको भन्दै ओलीले संकीर्ण व्यक्तिहरुका कारण समस्या बढेको बताए ।

‘अहिले समाजमा एउटा अराजकता बढेको छ । असहिष्णुता बढेको छ । अराजकता त्यसले समाजमा परस्परमा घृणा फैलाउने कामहरू भइराख्या छ । एकतिर राष्ट्रिय एकतालाई कमजोर बनाउने काम भइराख्या छ । विभिन्न खालका संकीर्णता, गैरजिम्मेवार खालका अभिव्यक्तिहरू, तरिकाहरू, शैलीहरू,’ उनले भने ‘अर्कातिर समाज विकृत गैरजिम्मेवार भइराख्या छ । यस्तो अवस्थामा जिम्मेवारीबोध कसरी गराउने ? मान्छेलाई अनुशासित रूपमा कर्तव्यपथमा लाग्नुपर्छ भन्ने कुरा कसले बुझाउने, कसरी बुझाउने ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *