विकट क्षेत्रका नागरिकलाई सेवा दिन १० वटा विमान किन्न लागिएको हो : मन्त्री किराती

विराटनगर । पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विकट क्षेत्रका नागरिकलाई सेवा दिन ट्वीनअटर विमान खरिद गर्ने प्रक्रिया अघि बढाएको बताएका छन् ।

विराटनगर विमानस्थलमा संवाददाताहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पहाडी र हिमाली क्षेत्रका जनताले कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहेको भन्दै उनले त्यस्ता क्षेत्रका जनताको सुविधाका लागि जहाज खरिद गर्न लागिएको बताए ।

विकट गाउँमा सुत्केरी हुन नसकेको अवस्था भए पनि सबैले हेलिकोप्टर चार्टर गर्न नसक्ने भएकाले मृत्युवरण गर्नुपर्ने अवस्थाबाट मुक्ति दिन पनि थप जहाज आवश्यक भएको मन्त्री किरातीले उल्लेख गरे ।

१० वटा ट्वीनअटर विमान खरिद गर्ने प्रक्रिया अगाडि बढाइएको भन्दै उनले यसै आर्थिक वर्षभित्र विमान आइसक्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *