विश्व शान्तिका लागि नेपाली सेनाको भूमिका महत्त्वपूर्ण छ : रक्षामन्त्री खड्का

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विश्व शान्तिका लागि नेपालको भूमिका गौरवशाली रहेको बताएका छन्।

‘शान्ति म बाट सुरू हुन्छ’ भन्ने नाराका साथ आज काठमाडौंमा आयोजित संयुक्त राष्ट्रसंघ दिवस-२०२३ समारोहलाई सम्बोधन गर्दै मन्त्री खड्काले विश्व शान्ति स्थापनामा सेनाले खेलेको भूमिका महत्त्वपूर्ण भएको बताएका हुन्।

उनले विश्व शान्ति स्थापनामा नेपालको सहभागिताले ६५ वर्ष पूरा गरेको स्मरण गर्दै भनेका छन् ‘हामीमाथि विश्वास गरेकोमा हामी संयुक्त राष्ट्रसंघलाई धन्यवाद दिन्छौं। यो साँच्चै सबै नेपाली नागरिकहरूको लागि गौरवको कुरा हो। नेपालको सहभागिता र योगदान उल्लेखनीय छ।’

शान्ति स्थापनाका लागि सेना पठाउने मुलुकमा हाल नेपाल दोस्रो स्थानमा रहेको भन्दै उनले थप सेना पठाउन आवश्यक ठानेमा नेपाल तयार रहेको बताए।

उनले भने ‘विश्व निकायले अनुरोध गरेमा हामी १०,००० राम्रो तालिमप्राप्त र सुसज्जित संयुक्त राष्ट्र शान्ति सैनिकहरू शान्ति अभियानमा खटाउने प्रतिबद्ध छौं। ’

निर्धारित मापदण्डरू पूरा गरेर महिला शान्ति सैनिक पठाउनसमेत नेपाल तयार रहेको उनको भनाइ छ।

संयुक्त राष्ट्रसंघको बडापत्रको आदर्श र विश्व शान्तिको महान काममा नेपाल सधैं प्रतिबद्ध रहेको उनले बताए।

‘संयुक्त राष्ट्रसंघको बडापत्र नेपालको परराष्ट्र नीतिको मार्गदर्शक सिद्धान्तहरूमध्ये एक हो। नेपालले सधैं शान्तिको दृढ वकालत गरेको छ,’ उनले भने, ‘निशस्त्रीकरण र विश्व शान्तिलाई प्रवर्द्धन गर्ने अन्तर्राष्ट्रिय सन्धि र सम्झौताहरूमा हाम्रो सहभागिता र शान्तिपूर्ण आह्वानमा नेपाल प्रतिबद्ध छ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर