केदार कार्कीलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

काठमाडौ – नेपाली कांग्रेसले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

कांग्रेसको आज बसेको संसदीय दलको बैठकले विश्वासको मम दिने निर्णय गरेको एक सांसदले जानकारी दिए । बैठक उद्धव थापाकै अध्यक्षतामा बसेको थियो । थापाले आइतबार संसदीय दलको नेताबाट राजीनामा दिएका थिए । यद्यपि राजीनामा स्वीकृत नभएको कारण उनकै अध्यक्षतामा बैठक बसेको हो ।

कार्की कांग्रेसकै सांसद भएपनि उनले पार्टीबाट विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उयनलाई एमाले, माओवादी र नेकपा एले पनि विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *