गाजास्थित अस्पतालमा रकेट आक्रमण, ५०० भन्दा बढीको मृत्यु

काठमाडौं- गाजा पट्टीको अल-अहली अरब अस्पतालमा आक्रमण हुँदा कम्तीमा ५०० जनाको मृत्यु भएको छ । गाजामा सत्तारुढ हमासको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले दिएको जानकारी अनुसार भत्किएको अस्पतालको भवनको भग्नावशेषमुनि धेरै मानिस पुरिएका छन् ।

इजरायलले भने आफुले अस्पतालमा आक्रमण नगरेको स्पष्ट गरेको छ । इजरायल डिफेन्स फोर्सले प्यालेस्टाइनको इस्लामिक जिहाद संगठनले प्रक्षेपण गरेको रकेट अस्पतालमा खसेको बताएको छ । तर प्यालेस्टाइनले भने यो आक्रमण इजरायलले गरेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको भ्रमणको पूर्वसन्ध्यामा गाजाको अस्पतालमा आक्रमण गरिएको हाे। यस आक्रमणपछि प्यालेस्टाइन राष्ट्रपति मह्मोउड अब्बासले राष्ट्रपति बाइडेनसँग हुने भनिएको सम्भावित भेटवार्ता रद्ध गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले गाजाको अल-अहली अरब अस्पतालमा भएको आक्रमणको निन्दा गरेका छन्। उनले नागरिकको सुरक्षा र स्वास्थ्य सेवा सुचारु गर्न माग गरेका छन् ।

गत हप्ता हमासले गरेको क्रूर आक्रमणपछि इजरायलले गाजालाई पानी, इन्धन र खाद्यान्न उपलब्ध गराउन बन्द गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *