मूल्य घटाएको विराेध गर्दै पम्पहरूले बन्द गरे पेट्रोल बिक्री

काठमाडाैं- काठमाडौं उपत्यकाकासहित देशैभरका पम्पहरूले आफूहरूलाई ‘जानकारी नै नदिई’ एक्कासी मूल्य घटाएको भन्दै पेट्रोल बिक्री बन्द गरेका छन्। आइतबार साँझ नेपाल आयल निगमले आफूहरुलाई जानकारी नगराइ डिजेल र पेट्रोलको मूल्य घटाउने निर्णय गरेकाे विराेधमा उनीहरूले सोमबार देशभरका अधिकांश पम्पहरूबाट ‘पेट्रोल’ बिक्रीमा रोक लगाएका हुन्।

निगमले आइतबार डिजेलको मूल्य लिटरमा ५ र पेट्रोलको मूल्य लिटरमै ११ रूपैयाँले घटाउने निर्णय गरेको थियो।

‘पेट्रोल छैन’ भन्ने सूचना काठमाडौं उपत्यका मात्र नभएर देशका अन्य जिल्लाहरूमा पनि रहेको पाइएको छ। उनीहरूले आफूहरूलाई थाहै नदिई एक्कासी प्रतिलिटर ११ रूपैयाँले पेट्रोलको मूल्य घटाइएकाले विक्रेताहरूबीचको अनौपचारिक सहमतिका कारण तत्कालका लागि बिक्री रोक्नुपरेको बताउँछन्।

पेट्रोलियम डिलर्स एसोशिएसनका बागमती प्रदेश अध्यक्ष अच्युत खड्काले निगमले अप्रत्यशित रूपमा मूल्य समायोजन गरेर पम्पहरूलाई घाटा लगाएको बताए ।

आफूहरूलाई जनाकारी बिना मूल्य बढाउँदा समस्या आएका कारण निगमलाई दवाव दिन पेट्रोलको बिक्रीमा रोक लगाएको पम्प सञ्चालहरूकाे भनाइ छ। यसरी उनीहरूले पेट्रोलको बिक्रीमा रोक लगाउदा  सर्वसाधारणले भने सास्ती भाेगेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *