प्रभु साहकी पत्नी रिनाले गुमाइन् मेयरकाे पद

काठमाडौं- आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नी रिनाकुमारी साहको मेयर पद गुमेको छ। २०७९ सालको निर्वाचनमा नेकपा एमालेबाट रौतहट जिल्लाको मौलापुर नगरपालिकाको मेयरमा निर्वाचित भएकी रिना अन्य दल प्रवेश गरेको भनी एमालेको केन्द्रीय समितिको निर्णय भएकाे जानकारी निर्वाचन आयोगमा आएपछि आयोगले पदमुक्त गरेको हो ।

उनलाई राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) वमोजिम निष्काशन गरिएको आयोगले मंगलबार सार्वजनिक सूचनामार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *