पाँचथरमा ढुंगाले लागेर विद्युत आयोजनामा कार्यरत कामदारको मृत्यु

पाँचथरमा ढुङ्गाले लागेर जलविद्युत् आयोजनामा कार्यरत एक कामदारको मृत्यु भएको छ । जिल्लाको हिलिहाङ गाउँपालिका-१, अमरपुरमा निर्माणाधीन काबेली ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत कामदार इलामको देउमाई नगरपालिका-९, का २५ वर्षीय भूपाल मगरको ढुङ्गाले लागेर ज्यान गएको हो ।

आइतबार दिउँसो १:४५ बजे ड्रिल मेसिनले ढुङ्गा निकाल्ने क्रममा आयोजनाको सुरूङमार्गको स्प्रिङलाइनबाट खसेको ढुङ्गाले मगरलाई लागेको थियो ।

उक्त आयोजनाको सुरूङ निर्माण कार्यमा खटिएका मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए । शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएकोे छ ।

प्याराम्याक्स कन्स्ट्रक्सन प्रालिले आयोजनाको सुरूङमार्ग निर्माण गरिरहेको छ । मगर सोही कम्पनीमा आबद्ध भई काम गरिरहेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *