पोखरामा पुनः प्याराग्लाइडिङ सुरू, पर्यटन व्यवसायी उत्साहित

पोखरामा प्याराग्लाइडिङको उडान आजदेखि पुनः थालिएको छ । पोखरा महानगरपालिका—१८ सराङकोटको तोरीपानीबाट उडान सुरु गरिएको हो ।

yONNEX
Sagarmatha Cement
Kumari
पोखरा घुम्न आउने अधिकांश पर्यटकको रोजाइमा पर्ने साहसिक प्याराग्लाइडिङ गत पुस १७ गतेदेखी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै हवाई सुरक्षाको कारण देखाउँदै सराङकोटबाट बन्द गरिएको थियो । विमानस्थल सञ्चालनपछि यसको भविष्यलाई लिएर पर्यटन क्षेत्रमा चिन्ता व्यक्त हुँदै आएको थियो । त्यसपछि तत्कालका लागि पोखरा–२४ मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ उडान थालिएको थियो । सराङकोट र तोरीपानीबाट बन्द भएको उडान नौ महिनापछि पुनःतोरीपानीबाट थालिएकामा यहाँका व्यवसायी उत्साहित बनेका छन् ।

मान्द्रेढुङ्गा दुरीका हिसाबले पनि टाढा रहेको र उचाइमा मौसमका कारणले यहाँ प्याराग्लाइडिङ स्थापित हुन सकेको थिएन । तोरीपानी क्षेत्रबाट पुनःउडान सुरु भएसँगै स्थानीयवासी खुसी भएका छन् । पहिलो दिन उडानमा जाने पर्यटकलाई स्थानीयले माला र टीका लगाएर स्वागत गरे ।

नेपाल हवाई खेलकुद संस्थाले नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोगमा मान्द्रेढुँगाबाट हुँदै आएको प्याराग्लाइडिङ क्षेत्र विस्तार गरी वाहाकोटको तोरीपानीबाट उडान गरी पामे क्षेत्रमा ‘ल्यान्डिङ’ सुरु गरेको हो । हवाइ क्षेत्रको नियमनकारी निकाय रहेको प्राधिकरणको लामो समयको अध्ययनपछि तोरीपानी क्षेत्रबाट प्याराग्लाइडिङ उडान गर्दा हवाई सुरक्षामा जोखिम नपर्ने प्रतिवेदनपछि यसलाई पूर्ववत स्थानमा फर्काइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *