प्रतिपक्षलाई कहिल्यै सरकारमा फर्किन नपाइने चिन्ताले सताएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनलाई कमजोर पार्ने र उल्टाउने कोसिस भइरहेको टिप्पणी गरेका छन् ।

आइतबार भरतपुर महानगरपालिकाका-३ मा आयोजित एक कार्यक्रमा उनले कहिल्यै सरकारमा फर्किन नपाइने चिन्ताले गठबन्धनलाई कमजोर पार्ने र उल्टाउने कोसिस भइरहेको बताएका हुन् ।

सरकारले बनाएको मजबुत विदेशी सम्बन्धले नेपाललाई राजनीति स्थायित्व दिने र अब त्यसो भयो भने सरकारमा फर्किन सकिन्न भन्ने त्रासले गठबन्धनलाई कमजोर पार्ने प्रयास भएको उनको तर्क छ ।

उनले भने ,‘एकथरी मानिस छटपटिएका छन् । उनीहरूलाई के गरी गठबन्धन कमजोर पार्ने कसरी उल्टाउने यो गठबन्धनले यसरी नै सुशासन, सामाजिक न्यायको समृद्धिको र देशको राष्ट्रिय स्वाधीनतालाई अझ बलियो बनाउने, भारत अमेरिका र चीनसँगको सम्बन्धलाई मजबुत बनाउने भनेको नेपाललाई राजनीति स्थायित्व र विकासको नयाँ गति दिने प्रक्रिया पनि हो । यसबाट अब फेरि कहिँल्यै सरकारमा फर्किन पाइँदैन कि भनेर एकथरी चिन्तित छन् ।’

उनले कोशी प्रदेशमा गठबन्धनले राम्रो गरेको देख्न नसकेर विभाजन ल्याउने खेल भएको आरोप लगाए । सभापति देउवा र शेखर कोइरालाबीचको समझदारीले त्यो खेल अन्त्य गरिएको उनको भनाइ छ ।

उनले भने, ‘कोशी प्रदेशमा गठबन्धनले राम्रो गरेको देख्न नसकेर एक थरि मानिस खेल खेल्न सकिन्छ कि भनेर कुनै तरिकाले विभाजन ल्याउन सकिन्छ कि भनेर योजनाअन्र्तगत काम गरे । तर शेरबहादुर देउवा र शेखर कोइरालाबीच समझदारी गरेर त्यो खेल अन्त्य गरिएको छ । अब यो गठबन्धनले पूर्ण कार्यकाल यही गतिमा काम गर्ने प्रतिबद्धता म गर्न चाहन्छु ।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो विदेश भ्रमणमा भएका समझदारी र सहमतिले नेपालको प्रतिष्ठा, राष्ट्रिय स्वाधीनता र असंलग्न र स्वतन्त्र परराष्ट्रनीतिलाई नयाँ उचाइमा उठाएको विश्वास व्यक्त गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *