एकैदिन २९ सय रूपैयाँले बढ्यो सुनको मूल्य

साताको पहिलो दिन सुनको मूल्य दुई हजार नौं सय रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार प्रतितोला १ लाख १० हजार १ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज आईतबार २९ सय रूपैयाँले बढेर १ लाख १३ हजार रूपैयाँ कायम भएको हो ।

त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी चाँदी मूल्य पनि प्रतितोला ४५ रूपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ३९० रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर