आन्दोलित स्थानीय तहका कर्मचारी र सरकारबीच १९ बुँदे सहमति

आन्दोलित स्थानीय तहका कर्मचारी र सरकारबीच १९ बुँदे सहमति भएको छ । सहमति भएसँगै कर्मचारीको आन्दोलन फिर्ता भएको छ ।

संघीय मामिला मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई र संघर्ष समितिका संयोजक दीपक गौतमलगायतले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

संघीय निजामती विधेयकमा आफूहरूलाई विभेद गरेको भन्दै स्थानीय तहका कर्मचारी दुई सातायता आन्दोलित बनेका थिए ।

ऐनमा संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूको सेवा र शर्तका विषयमा न्यूनतम मापदण्ड तय गर्ने, स्थानीय सेवाका स्थायी कर्मचारीहरूलाई निजामती कर्मचारीका रूपमा परिभाषित गर्ने व्यवस्थाका लागि प्रदेश कानून निर्माण गर्न पहल गर्ने, विद्यमान कानूनमा भएको सेवा परिवर्तनसम्बन्धी व्यवस्थाबमोजिम आवश्यकता अनुसार प्रक्रिया अगाडि बढाइने लगायतका विविध १९ बुँदे सहमति भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *