शिक्षामा लगानी बढाउन आवश्यक छ : मन्त्री राई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताएका छन्।
शनिबार शिवपुरी माध्यामिक विद्यालयको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले अर्थतन्त्र कमजोर अवस्थामा रहेको भन्दै आउने दिनमा शिक्षामा लगानीलाई अभिवृद्धि गर्न सरकारले सर्तकतापूर्वक र आवश्यकतालाई गम्भीरतापूर्वक आत्मासात गरेर अगाडि बढ्नुपर्ने बताए।
उनले भने, ‘शिक्षा आफैंमा विकास हो। सडक, बिजुली चाँहि विकासको पूर्वाधार र शिक्षा चाहिँ आफैं विकास पूर्वाधारको पनि पूर्वाधार। त्यसैले शिक्षामा गरिने लगानीलाई भएको बजेटबाट कति प्रोत्साहन गर्न सकिन्थ्यो होला तर हाम्रो अर्थतन्त्रको कमजोर अवस्था छ। आउने दिनमा शिक्षामा लगानीलाई अभिवृद्धि गर्न सरकारले सर्तकतापूर्वक आवश्यकतालाई गम्भीरतापूर्वक आत्मासात गरेर अगाडि बढ्नुपर्छ।’
उनले अर्थतन्त्र सुदृढ भयो भने स्वतः शिक्षामा लगानी बढ्ने भन्दै अर्थतन्त्र सुदृढ गर्नुपर्ने बताए। मन्त्री राईले अहिले विज्ञान र प्रविधिको विकासले शिक्षाको भाष्य, शिक्षण प्रक्रियाहरू परिवर्तन भएको उल्लेख गरे।
प्रतिक्रिया