सोलुखुम्बुमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना, घाइते पाइलटको काठमाडौंमा उपचार हुँदै

आज बिहान सोलुखुम्बुको लोबुचेमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना भएको छ।

लुक्लाबाट बिहान ७:१३ मिनेटमा लोबुचे उडेको मनाङ एयरको ‘एन-एएनजे’ कलसाइन भएको हेलिकोप्टर शनिबार बिहान खुम्बुपासाङल्हामु गाउँपालिका-४, लोबुचेमा दुर्घटना भएको हो।

नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार दुर्घटनामा हेलिकाेप्टरमा पाइलट प्रकाशकुमार सेढाईं घाइते भएका छन्। उनको काठमाडौं ल्याई ह्याम्स अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाको कारण खुलिसकेको छैन। असन्तुलित भएर हेलिकोप्टर दुर्घटना भएको अनुमान गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *