यात्रुवाहक सवारीमा आजदेखि रूट परमिट खुला

सरकारले नेपालीहरूको महान पर्व बडा दशैंमा यात्रुलाई आवतजावतका लागि सहज होस् भन्ने उद्देश्यले आजदेखि सार्वजनिक सवारीलाई रूट परमिट खुला गरेको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा गत असोज २३ गते बसेको यातायात व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार आजदेखि सार्वजनिक सवारीलाई रूट परमिट खुला गरेको हो । रूट परमिट खुला आगामी कात्तिक १० गतेसम्म जारी रहने बताइएको छ । रूट परमिट खुला गरेसँगै अब सार्वजनिक सवारी यात्रु लिएर देशका विभिन्न भागमा निर्बाध रूपमा जान पाउने भएका छन् ।

सोही बैठकको निर्णयअनुसार आजदेखि खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरू ढुवानी गर्ने बाहेकका ट्रेलरलगायत ठूला सवारी काठमाडौं उपत्यका प्रवेशमा रोक लगाइएको छ । दशैंका लागि घर जाने यात्रुलाई सहज होस् भन्ने उद्देश्यले सरकारले गत असोज २२ गतेदेखि नै अग्रिम टिकट बुकिङ खुला गरिसकेको छ । प्रत्येक वर्ष काठमाडौंबाट दशैं मनाउनका लागि २० लाखभन्दा बढी व्यक्ति आफ्नो जन्मस्थल जाने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *