शंकास्पद बिलबिजकसहित ६५ लाखको सामान बोकेका दुईवटा ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय पर्साले ६५ लाख रूपैयाँ बढीका सामान बोकेका दुईवटा ट्रक नियन्त्रणमा लिएको छ।

बुधबार राति करिब ९ बजे वीरगञ्जबाट झापातर्फ गइरहेको ना.१ ख ३२०१ नम्बरको मालवाहक ट्रक वीरगञ्ज महानगरपालिका वडा नं. १५ प्रतिमा चोकस्थित सडकखण्डबाट नियन्त्रणमा लिएको छ।

ट्रकलाई रोकेर जाँच गर्ने क्रममा बिलबिजकभन्दा बढीका हार्डवेयर, औषधी तथा खुद्रा सामानहरू लोड रहेको तथा बिलबिजक शंकास्पद देखिएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

त्यसमा लोड रहेका सामानको मूल्य करिब ४४ लाख ४३ हजार ३१७ रूपैयाँ अनुमान गरिएको छ।

यस्तै बुधबार नै राति १०ः४५ बजे वीरगञ्जबाट नुवाकोटतर्फ जाँदै गरेको अर्को एक मालवाहक ट्रक पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

वीरगञ्ज महानगरपालिका वडा नं. १४ गण्डक चोकस्थित सडकखण्डबाट ना.४ ख ११२७ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिइएको हो।

बिलबिजकभन्दा बढीको तथा शंकास्पद बिलबिजकसहित करिब २० लाख ६५ हजार ९८० रूपैयाँ बराबरको औषधी तथा खुद्रा सामानहरू लोड रहेको सो ट्रक नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएका सामान तथा दुवै ट्रक थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि बिहीबार राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *