इजरायलबाट नेपाली लिएर उड्यो विमान
२५ असोज २०८० १६:५६
द्वन्द्वग्रस्त मुलुक इजरायलबाट २५३ जना नेपाली लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौंका लागि उडेको छ। दुबई हुँदै जहाज काठमाडौंमा राति साढे एक बजे अवतरण गर्ने बताइएको छ।
तेल अविवस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार अपराह्न उडेकाे विमान आज राति ९ साढे एक बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।
नेपालीलाई लिन परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली इजरायल गएको थियो।
नेपाल एयरलाइन्सको ए ३३० विमान दुबई विमानस्थलमा अवतरण गरी स्थानीय समयानुसार बिहान १० बजेर ४६ मिनेट जाँदा त्यहाँबाट इजरायलका लागि उडेको थियो।
प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी इजरायलमा रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएपछि सरकारले त्यहाँ रहेका अन्य नेपालीको उद्धार गर्न लागेको हो।
प्रतिक्रिया