चार सीडीओको सरूवा, बाँकेका सीडीओ आचार्य गृहमा तानिए

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरूवा गरेको छ। बाँकेका सीडीओ विपीन आचार्यसहित सीडीआको सरूवा भएको हो।

आचार्यसहित दोलखा र इलामका सीडीओको सरूवा भएको हो। अघिल्लो साता बाँकेको नेपालगञ्जमा दुई धार्मिक समूहबीच उत्पन्न तनावको स्थिति समयमै नियन्त्रण गर्न नसकेको भन्दै आचार्यलाई गृह मन्त्रालयमा तानिएको छ।

सहसचिव आचार्यलाई गृह मन्त्रालयमा तानेर उनको ठाउँमा इलामका सीडीओ श्रवणकुमार पोखरेललाई पठाइएको छ। त्यस्तै दोलखाका सीडीओ कोमलप्रसाद धमाललाई जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सरूवा गरिएको छ।

त्यस्तै सर्लाहीका इन्द्रदेव यादवको इलाममा सरूवा भएको छ भने गृह मन्त्रालयमा रहेका टुवराज पोखरेललाई दोलखा पठाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *