काठमाडौं प्रहरीलाई हिमालयन बैंकद्वारा चेस्ट स्ट्र्याप र क्यामेरा सहयोग

हिमालयन बैंकले जिल्ला प्रहरी परिसर काठमाडौंलाई इन्स्टा ३६० चेस्ट स्ट्र्यापसहित पाँच थान गोप्रो हिरो ९ क्यामेरा खरिद गरी हस्तान्तरण गरेको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको हो। यी सामान दुई लाख ६७ हजार पाँच सय रूपैयाँ बराबरको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधका आधारमा काठमाडौं जिल्लामा शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिविधिहरूको निगरानी तथा रोकथाम गर्न बैंकले सहयोग प्रदान गरेको जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले सहयोगस्वरूप क्यामेरा प्रहरी उपरीक्षक कुमोध ढुंगेललाई हस्तान्तरण गरेका हुन्।

हस्तान्तरण कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उज्ज्वल राजभण्डारी र मुख्य प्रबन्धक समीर आचार्यको पनि उपस्थिति थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *