
इजरायलमा रहेका नेपाली लिन परराष्ट्रमन्त्री साउद जाने

परराष्ट्रमन्त्री एनपी साउद आफैं द्वन्द्वग्रस्त मुलुक इजरायलमा रहेका नेपाली लिन जाने भएका छन्।
मन्त्री साउदसहितको टोली इजरायल जाने उनका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिए।
इजरायलमा रहेका नेपालीहरूमध्ये २८८ जनाले स्वदेश आउन आवेदन दिएका छन्।
नेपाल वायु सेवा निगमको जहाज आज राति इजरायल जाँदैछ।
इजरायलमा ४५ सय जना नेपाली केयरगिभर छन् भने दुई सय ६५ नेपाली विद्यार्थी रहेकामा १० जना विद्यार्थीको हमासको आक्रमणबाट मृत्यु भएको थियो।
प्रतिक्रिया