इजरायलमा कञ्चनपुरका विपिनको अवस्था अझै अज्ञात

इजरायलस्थित नेपाली दूताबासले हमास समूहको आक्रमणमा परेर सम्पर्कविहीन भएका कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशीको खोजी कार्य जारी रहेको जनाएको छ।

दूतावासले आक्रमणपछि सकुशल अवस्थामा उद्धार गरिएका उनीसँगै बस्दै आएका एक विद्यार्थीलाई साथमा लगेर विभिन्न अस्पतालहरूमा खोजी गरिरहेको छ।

दूतावासले बुधबार बिहान परराष्ट्र मन्त्रालयलाई अस्पतालहरूमा खोजी गर्दा विपिन घाइते अवस्थामा फेला नपरेका र खोजीका लागि इजरायली प्रहरीको सहयोग मागिएको जानकारी गराएको छ।

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ अन्तिम साता विपिन इजरायल गएका थिए। उनीसँगै इजरायल गएका अन्य १० नेपाली विद्यार्थीको भने हमासको आक्रमणमा मृत्यु भइसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *