बागमती किनारमा मृत भेटिए युवक

काठमाडौँ महानगरपालिका-३१, बानेश्वरस्थित तरकारी बजार अगाडि बागमती नदी किनारमा आज एक युवकको शव भेटिएको छ ।

महानगरपालिकाको वडा नंं. १० शङ्खमूल निवासी २० वर्षीय विकाश महरा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिए ।

उनका अनुसार उनको साथबाट प्रयोग गरिएको खाली सिरिञ्जको कभर एक थाक, टिकटिके मोबाइल एक थान फेला परेको छ।

मृतक युवक लागुऔषध प्रयोगकर्ता भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *