नेपालगञ्जमा कर्फ्यु हटाइयो

नेपालगञ्जमा एक सातादेखि जारी कर्फ्यु हटाइएको छ । जनजीवन सामान्य हुँदै गएपछि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए ।

उले शान्तिसुरक्षाको अवस्था सामान्य बनेकाले कर्फ्यु हटाइएको उल्लेख गरे ।

अघिल्लो मङ्गलबार नेपालगञ्जमा तनाव उत्पन्न भएपछि दिउँसो १ बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो । अवस्था सामान्य बन्दै गएपछि केही दिनयता दिउँसोको समयमा निषेधाज्ञा र राति कर्फ्यु लाग्दै आएको थियो ।

सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण परिस्थिति असहज बन्ने देखिएपछि असोज १६ गते मङ्गलबार दिउँसो १ बजेदेखि नेपालगञ्जमा अनिश्चितकालीन कफ्र्यु लगाइएको थियो । यही असोज १८ गतेदेखि दिउँसोको कर्फ्यु हटाइएको थियो भने रातिको समयमा कर्फ्यु कायमै राखिएको थियो ।

विशेष सुरक्षा योजना
बाँकेमा प्रहरीले दसैँ र तिहार पर्वका लागि विशेष सुरक्षा योजना ल्याएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेले कोहलपुर नगरपालिकास्थित बसपार्क र नेपालगञ्ज बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

सीमा क्षेत्र जमुनाह नाकामा समेत भारतबाट आउने नेपाली नागरिकको सहजीकरणका लागि यात्रु सहायता कक्ष स्थापना भएको भएको छ । भारतबाट आएका केहीले गरेको गुनासो सम्बोधन गरिएको जमुनाहका वरिष्ठ प्रहरी नायब निरीक्षक मिनबहादुर विष्टले जानकारी दिए ।

प्रहरीले बसपार्क क्षेत्रमा यात्रुहरु ठगी हुने सम्भावना भएकाले त्यसमा पनि निगरानी बढाएको जानकारी दिँदै प्रनाउ डाँगीले भारतका रेल्वेस्टेसनसम्म पनि सादा पोसाकमा रहेका प्रहरीले निगरानी गरेको बताए ।

‘कसरी हुन्छ नागरिककोे जीउधनको सुरक्षा गर्ने योजना हो,’ उनले भने । यसबाहेक भारतसँग जोडिएका सीमा क्षेत्र नरैनापुरलगायतका क्षेत्रमा पनि प्रहरीले निगरानी बढाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर