चाडबाडमा हुन सक्ने कालोबजारी र तस्करी नियन्त्रणका लागि सक्रियतापूर्वक लाग्न निमित्त आईजीपीको निर्देशन

निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले प्रदेश प्रहरी प्रमुखहरूले आ-आफ्नो क्षेत्रमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीहरूको विश्लेषण गर्दै सोहीअनुरूप विशेष सुरक्षा योजना बनाई शान्तिसुरक्षा कायम गर्नुपर्ने बताएका छन्।

प्रदेश प्रहरी प्रमुखहरूलाई समसामयिक विषयमा नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल रूपमा भिडियो कन्फ्रेन्समार्फत सोमबार निर्देशन दिँदै निमित्त प्रहरी महानिरीक्षक राईले उक्त कुरा बताएका हुन्।

निमित्त प्रहरी महानिरीक्षक राईले नजिकिँदै गरेका चाडपर्वमा हुन सक्ने कालोबजारी एवं तस्करी नियन्त्रणका साथै सवारी दुर्घटना न्यूनीकरणका लागि अझ बढी सक्रियताका साथ जिम्मेवारी वहन गर्नुपर्ने बताए।

हालै देश-विदेशमा घट्न गएका अप्रिय घटनाबाट उत्पन्न हुन सक्ने चुनौतीलाई विशेष ख्याल गर्दै शान्तिसुरक्षा सहज बनाउन अन्य सरोकारवाला निकायहरूसँग समन्वय गर्दै कार्यसम्पदान गर्नुपर्नेमा उनले जोड दिए।

उक्त अवसरमा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा प्रतिनिधिले आ-आफ्नो क्षेत्रको शान्तिसुरक्षाको अवस्था, विशेष सुरक्षा योजना तय तथा कार्यान्वयन र भइरहेका गतिविधिका बारेमा जानकारी गराएका थिए।

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाको साथै वरिष्ठ प्रहरी अधिकृतहरू एवं सातवटै प्रदेशका प्रहरी प्रमुखहरू तथा प्रतिनिधिको भर्चुअल उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर