इजरायल-हमास युद्ध : दुवै पक्षका गरी साढे एघार सयकाे मृत्यु, यी हुन् युद्धसँग जोडिएका पाँच कुरा

इजरायलमाथि प्यालेस्टाइनी आतकंवादी समूहले शनिबार इजरायलमा आक्रमण गर्यो। अचानक रुपमा गरेको यो आक्रमणमा अहिलेसम्म हजारभन्दा बढीको मृत्यु भएको छ। सोही आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको पनि मृत्यु भएको छ।

आतकंवादी संगठन हमासको आक्रमणपछि इजरायलले आधिकारिक रुपमै युद्धको घोषणा गरेको छ। इजरायली इलाकामा सुरक्षाकर्मी र आतंकवादीबीच ४८ घण्टाभन्दा लामो समयदेखि संघर्ष जारी छ। हमासको नियन्त्रण रहेको गाजामा इजरायलको वायुसेनाले हमला गरिरहेको छ।

हमास हमलामा परी अहिलेसम्म ७०० जना इजरायलीको मृत्यु भएको छ भने इजरालयको जवाफी कारबाहीमा गाजामा ४०० जनाभन्दा बढी मारिएको एजेन्सीहरूले उल्लेख गरेका छन्। यो सँगसँगै युद्धका कारण १ लाख २५ हजार जना विस्थापित भई विभिन्न आश्रयस्थलमा बसेका छन्।

इजरायल र हमासबीचको जारी युद्धबारे पाँच बुँदामा थाहा पाइराखौँ।

युद्ध घोषणाको अर्थ
देशमा आतंकवादी हमला सुरु भएपछि इजरायलले पहिले लेबनान र त्यसपछि गाजामा ठूलो परिमाणमा सैन्य अभियान चलाएको छ। तर यसको औपचारिक घोषणा भने गरिएको छैन। यद्यपि इजरालयले हमासविरुद्ध सैन्य कारबाहीका लागि हरियो झन्डा दिएको छ। हालसम्म इजरायलले ८०० भन्दा बढी अखडालाई निशाना बनाएको छ। जसमा हनौन सहरको अधिकांश भाग ध्वस्त भएको छ भने कैयौँ मानिसले मृत्युवरण गरेका छन्।

इजरायली रियर एडमिरल डेनियल हारागीले सञ्चारमाध्यमलाई बताएअनुसार हमासले हमलाका लागि हनौन सहरलाई मञ्चका रुपमा प्रयोग गरेको थियो। तर, उता प्लोस्टाइनमा हमासका एक आतंकवादी नेताले गाजामा ३० भन्दा बढी इजरायलीलाई बन्धक बनाएको बताएका छन्। उनका अनुसार जबसम्म इजरायलका जेलमा रहेका प्यालेस्टाइनीलाई रिहा गरिँदैन तबसम्म इजरायली पनि रिहा हुँदैनन्।

अमेरिका र अन्य देशले के भने ?
अमेरिकाका रक्षासचि लोयड अस्टिनले इजरायललाई सहयोग गर्न फोर्ड क्यारियर स्ट्राइक ग्रुपलाई तयार रहन निर्देशन दिनुभएको छ। स्ट्राइक ग्रुपसँग कैयौँ जहाज र युद्धपोत विमान छन्। साथसाथै दुवै देशबीचको संघर्षलाई लिएर अमेरिकाले निगरानी बढाएको छ।

एक अमेरिकी अधिकारीका अनुसार हमलामा चार अमेरिकी नागरिकको पनि मृत्यु भएको छ भने सात जना बेपत्ता भएका छन्। संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले आकस्मिक बैठक बोलाउँदै सुरक्षा परिषद्मा रहेका १५ सदस्यले हमाल हमलाको निन्दा गर्न अमेरिका सुरक्षा परिषद्सँग माग गरेको छ। यसको अर्थ हुन्छ, अमेरिका इजरायलको पक्षमा छ।

त्यस्तै, रुस र चीनले पनि इजरायल र प्यालेस्टाइनलाई वार्तामार्फत मुद्दा सुल्झाउन सुझाव दिएका छन्। जर्मनीका विकासमन्त्रीले प्यालेस्टाइन क्षेत्रमा दिने आफ्नो सहायताको समीक्षा गर्ने बताउनुभएको छ। त्यसैगरी इरानले हमासको इजरायल प्रवेशको सराहना गरेको छ। राष्ट्रपति इब्राहिम रायसीले हमासका नेता इस्माइल हानियेह र इस्लामिक जिहादी नेता जियाद अल नखलाहसँग फोनवार्ता पनि गरेका छन् ।

नागरिकको सुरक्षाका लागि के गरिँदैछ ?
संयुक्त राष्ट्र संघले आश्रयस्थलमा परिवर्तन भएका स्कुलमा गाजाका विस्थापितको संख्या १ लाख २३ हजार पुगेको बताएको छ। प्लालेस्टाइनी शरणार्थीका लागि युएनको एजेन्सी युएनआरडब्ल्युएले २२५ भन्दा बढी मानिसलाई शरण दिइरहेको स्कुलमा हमला भएको तर त्यसमा कुनै हताहत नभएको बताएको छ।

कुन मुद्दालाई लिएर सुरू भयो युद्ध ?
हमासका अधिकारीले इजरायलमाथि आक्रमण गर्दै यो हमला अल अक्सा मस्जिदमा चलिरहेको तनावका कारण भएको बताएका छन्। यसअघि सन् २०२१ मा इजरायल र हमासबीच ११ दिनसम्म युद्ध चलेको थियो। स्मण होस्, इस्लाम धर्ममा अल अक्सालाई मक्का र मदिनापछि तेस्रो पवित्र धार्मिक स्थान मानिन्छ। यसैलाई लिएर इजरायल र प्यालेस्टाइनबीच विवाद छ।

विभाजित इजरायलमा के हुँदैछ ?
यो आक्रमण देशको कठिन अवस्थामा भएको बताइन्छ। इजारयली प्रधानमन्त्री नेतान्याहूले सर्वोच्च अदालतलाई कमजोर पार्न ल्याएको प्रस्तावमाथि इतिहासकै ठूलो विरोधको सामना गर्नुपरेको छ। त्यस्तै, उनीमाथि भ्रष्टाचारको मुद्दा पनि चलिरहेको छ।

देशमा विरोध गर्नेहरूले प्रधानमन्त्री नेतान्याहूले सत्ता हत्याएको आरोप लगाएका छन्। यसले त्यहाँ मानिस दुई भागमा विभाजित भएका छन् भने सेनाभित्र पनि उथलपुथल ल्याएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *