सरकार र शिक्षक महासंघबीचको सहमति संसदमा पेस
२१ असोज २०८० १७:३३
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले यही असोज ५ गते र असोज १० गते नेपाल शिक्षक महासङ्घ र राहत शिक्षक केन्द्रीय समितिसँग भएका सहमति प्रतिनिधिसभाको बैठकलाई जानकारी गराएका छन्।
सभामुख देवराज घिमिरेको निर्देशनमा प्रतिनिधिसभाको आजको बैठकमा विद्यालय शिक्षा विधेयकमाथिका सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री राईले सो सहमतिबारे जानकारी गराएका हुन्।
उनले सहमतिबमोजिम शिक्षकहरूको मर्यादाक्रम कायम गर्न शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरिसकेको जानकारी दिए। मन्त्री राईले सहमतिका कतिपय बुँदा सरकारले आफैँ निर्णय गरेर समाधान गर्न सक्ने र कतिपय विषय विधेयक पारित भएपछि नियमावली बनाएर सम्बोधन गर्न सकिने स्पष्ट गरे।
प्रतिक्रिया