
‘प्रसाद २’ विवाद : निर्देशक थापा र सम्पादक श्रेष्ठविरूद्ध पक्राउ पुर्जी
ओएसआर डिजिटलका सञ्चालक अग्रवाललाई ४ दिन थुनामा राख्न आदेश


चलचित्र ‘प्रसाद २’ को विवादमा पक्राउ परेका ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाललाई ४ दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।
यस्तै चलचित्रका निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
आफूहरूको मञ्जुरीबिना चलचित्रलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० रूपैयाँ नोक्सान पुर्याएको भन्दै निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले गत साउन १० गते जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएका थिए।
ठगी तथा आपराधिक विश्वासघातको उक्त जाहेरीका आधारमा प्रहरीले ओएसआर डिजिटलका सञ्चालक अग्रवाललाई शुक्रबार काठमाडौंको दरबारमार्गबाट पक्राउ गरेको थियो।
जाहेरीमा निर्देशक थापा र सम्पादक श्रेष्ठलाई पनि विपक्षी बनाइएको थियो। थापा र श्रेष्ठको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया