नेपाल-भारत सुरक्षामा महत्वपूर्ण सहमतिसहित द्विपक्षीय परामर्श समूहको पन्ध्रौं बैठक सम्पन्न
नेपाल र भारतको पारस्परिक सुरक्षा, प्रतिरक्षा सामग्रीको आपूर्ति, प्रशिक्षण तथा क्षमता अभिवृद्धि, संयुक्त सैन्य अभ्यास, भ्रमण, संयुक्त यात्रा, साहसिक गतिविधि, विपद् व्यवस्थापनमा सहकार्य र सूचनाको आदानप्रदान सुरक्षा सम्बन्धी महत्वपूर्ण सहमति जुटाउँदै नेपाल भारत द्विपक्षीय परामर्श समूहको पन्ध्रौं बैठक सम्पन्न भएको छ ।
पोखरामा बुधबार सम्पन्न बैठकको नेतृत्व परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव भृगु ढुङ्गानाले गरेका थिए । यस्तै भारतीय टोलीको नेतृत्व भारत सरकार विदेश मन्त्रालयको उत्तरी महाशाखाका सहसचिव अनुराग श्रीवास्तवले गरेका थिए ।
दुवै टोलीमा रक्षा, परराष्ट्र एवम् गृह मन्त्रालय तथा भारतीय र नेपाली सेनाका निर्देशनालयका अधिकारीहरुको सहभागीता रहेको थियो ।
बैठकमा पारस्परिक सुरक्षा, प्रतिरक्षा सामग्रीको आपूर्ति, प्रशिक्षण तथा क्षमता अभिवृद्धि, संयुक्त सैन्य अभ्यास, भ्रमण, संयुक्त यात्रा, साहसिक गतिविधि, विपद् व्यवस्थापनमा सहकार्य र सूचनाको आदानप्रदान जस्ता विविध विषयवस्तुमा छलफल भएको थियो ।
द्विपक्षीय सुरक्षा र सुरक्षा सहकार्य बढाउन सन् २००३ मा स्थापना गरिएको यो भारत–नेपाल द्विपक्षीय परामर्श समूह भारत र नेपालबीचको एक महत्वपूर्ण संस्थागत संयन्त्र हो ।
- अवैध कल सेन्टर सञ्चालनमा पक्राउ परेका दुई चिनियाँसहित ३ जना कारागार चलान
- प्रहरीको कार्यसम्पादन सम्झौता कार्यान्वयनको अवस्था सन्तोषजनक : महानिरीक्षक कुँवर
- सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन तोरण विक्रम शाही शीर्ष स्थानमा
- राष्ट्रिय सहरी नीतिलाई मूर्त रूप दिन तदारुकताका साथ काम गर्दैछौँ : उपप्रधानमन्त्री सिंह
प्रतिक्रिया