इजरायल-प्यालेस्टाइन द्वन्द्व : १९८ प्यालेस्टिनी र ४० इजरायलीकाे मृत्यु

प्यालेस्टिनी चरमपन्थी समूह हमास र  इजरायली सेनाबीचकाे द्वन्द्वमा मारिने प्यालेस्टिनीकाे संख्या दुई सय नजिक पुगेकाे छ।

प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले हालसम्म १९८ जना प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ। त्यसैगरी १,६१० जना प्यालेस्टिनी घाइते भएका छन्।

यस्तै मृत्यु हुने इजरायलीकाे संख्या ४० पुगेकाे छ। आफ्नो आक्रमणबाट करिब हजार इजरायली घाइते भएको प्यालेस्टिनी अधिकारीहरूले दाबी गरेका छन्। यद्यपि इजरायलले यसकाे पुष्टि गरेकाे छैन।

केही अपुष्ट रिपोर्टहरूका अनुसार हमासले धेरै इजरायली सैनिकहरूलाई कब्जा गरेको र गाजा पट्टीमा बन्धक बनाएको दाबी गरेको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो युद्ध भएको र यसमा आफूहरूको जित हुने बताएका छन्।

उनले भने, ‘हाम्रा शत्रुहरूले यस्तो मूल्य चुकाउनु पर्नेछ कि उनीहरूलाई थाहा पनि हुँदैन।’

हमासले इजरालयमा गरेको रकेट आक्रमणमा नेपाली पनि परेका छन्।  कम्तीमा ७ नेपाली घाइते भएका छन्। साथै हमासले अन्य १७ जना नेपालीलाई अपहरण गरेको समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै इजरायलका लागि नेपाली राजदूत कान्ता  रिजालले बताएकी छन्।

याे पनि : इजरायलमा हमासकाे आक्रमणबाट ७ नेपाली घाइते, १७ अपहरित

उनका अनुसार घाइते र अपहरित नेपाली कृषिका विद्यार्थी हुन्। दक्षिणी इजरायलको अलुमिन किबुजमा कृषि फार्ममा कार्यरत नेपाली विद्यार्थी हमासको आक्रमणमा घाइते भएका तथा उसकाे घेराबन्दीमा परेका हुन्। उनीहरू ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि फार्ममा काम गर्न इजरायल पुगेका थिए।

इजरालयल र प्यालेस्टाइनबीच द्वन्द्व चर्किएपछि इजरायलको तेल अविवस्थित नेपाली राजदूतवासले त्यहाँ रहने नेपालीलाई आफ्नो सुरक्षाको ख्याल गर्न आग्रह गरेको छ। साथै स्थानीय सुरक्षा निकायको निर्देशन अक्षरशः पालना गर्न पनि दूतावासले अनुरोध गरेको छ।

दूतावासले अफ्ठ्यारोमा परेका नेपाली नागरिकहरूको सहयोग तथा उद्धारका लागि इजरायलका सम्बन्धित निकाय तथा अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको पनि बताएको छ।

 

यस अफ्ठ्यारो परिस्थितिमा सबै त्रसित भए पनि यसको नकारात्मक सन्देश जाने गरी सामाजिक सञ्जालमा शेयर गरेर त्रसिन मिडियाहरुमा सेयर गरेर अरुलाई त्रसित र भयभीत नगराउन दूतावासले आग्रह गरेको छ।

शनिवार बिहान इजरायलीको दक्षिणी क्षेत्र प्रवेश गरेको प्यालेस्टिनी इस्लामिक लडाकु समूह हमासले गाजामा ठूलो संख्यामा रकेट हमला गरेको थियो। जवाफमा इजरायली सेनाले पनि आक्रमण गर्न थालेपछि दोहोरो भिडन्त जारी छ।

याे पनि : हमासको रकेट आक्रमणबाट मेयरसहित २२ इजरायलीको मृत्यु, साढे पाँच सय घाइते

*शीर्षक सच्याइएकाे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *