इजरालयल-प्यालेस्टाइन द्वन्द्व

इजरायलमा हमासकाे आक्रमणबाट ७ नेपाली घाइते, १७ अपहरित

दूतावासले भन्यो- आफ्नो सुरक्षाको ख्याल राख्नू

प्यालेस्टिनी लडाकु समूह हमासले इजरालयमा गरेको रकेट आक्रमणबाट कम्तीमा ७ नेपाली घाइते भएका छन्। साथै हमासले अन्य १७ जना नेपालीलाई अपहरण गरेको समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै इजरायलका लागि नेपाली राजदूत कान्ता  रिजालले बताएकी छन्।

उनका अनुसार घाइते र अपहरित नेपाली कृषिका विद्यार्थी हुन्। दक्षिणी इजरायलको अलुमिन किबुजमा कृषि फार्ममा कार्यरत नेपाली विद्यार्थी हमासको आक्रमणमा घाइते भएका तथा उसकाे घेराबन्दीमा परेका हुन्। उनीहरू ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि फार्ममा काम गर्न इजरायल पुगेका थिए।

इजरालयल र प्यालेस्टाइनबीच द्वन्द्व चर्किएपछि इजरायलको तेल अविवस्थित नेपाली राजदूतवासले त्यहाँ रहने नेपालीलाई आफ्नो सुरक्षाको ख्याल गर्न आग्रह गरेको छ। साथै स्थानीय सुरक्षा निकायको निर्देशन अक्षरशः पालना गर्न पनि दूतावासले अनुरोध गरेको छ।

दूतावासले अफ्ठ्यारोमा परेका नेपाली नागरिकहरूको सहयोग तथा उद्धारका लागि इजरायलका सम्बन्धित निकाय तथा अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको पनि बताएको छ।

यस अफ्ठ्यारो परिस्थितिमा सबै त्रसित भए पनि यसको नकारात्मक सन्देश जाने गरी सामाजिक सञ्जालमा शेयर गरेर त्रसिन मिडियाहरुमा सेयर गरेर अरुलाई त्रसित र भयभीत नगराउन दूतावासले आग्रह गरेको छ।

शनिवार बिहान गाजा इजरायलीको दक्षिणी क्षेत्र प्रवेश गरेको प्यालेस्टिनी इस्लामिक लडाकु समूहले इजरालयमाथि ठूलो संख्यामा रकेट हमला गरेको थियो। यस आक्रमणबाट २२ इजरायली मारिनुका साथै ५४५ जना घाइते भएको इजरायलको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अहिले इजरालयको सेनाले पनि यसको जवाफी आक्रमण गर्न थालेपछि तनाव थप बढेको छ।

याे पनि : हमासको रकेट आक्रमणबाट मेयरसहित २२ इजरायलीको मृत्यु, साढे पाँच सय घाइते

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *