३१ वर्षको जेल सजाय काटिरहेकी इरानी मानवअधिकारकर्मी मोहम्मदीले पाइन् नोबेल शान्ति पुरस्कार

नर्वेली नोबेल पुरस्कार समितिले हाल जेलमा रहेकी इरानी मानवअधिकारकर्मी नर्गेस मोहम्मदीलाई सन् २०२३ को नोबेल शान्ति पुरस्कार प्रदान गरेको छ।

इरानमा महिला दमनविरूद्ध गरेको लडाइँ, मानव अधिकारको प्रवर्द्धन र सबैको स्वतन्त्रताका लागि गरेको योगदानका लागि समितिले शुक्रबार उनलाई सो पुरस्कार दिने निर्णय गरेको हो। समितिले उनलाई रिहा गर्न पनि माग गरेकाे छ।

नोर्गेस हालसम्म १३ पटक पक्राउ परेकी छन् भने ५ पटक दोषी ठहर भएकी छन्। उनलाई ३१ वर्ष जेल र १५४ कोर्रा सजाय सुनाइएको छ।

सेप्टेम्बर २०२२ मा इरानमा कुर्दिश युवती महसा जिना अमिनीको इरानी प्रहरीको हिरासतमा हुँदा मृत्यु भएको थियो। उनको मृत्युपछि इरानमा चर्को विरोध भएको थियो।

जनताले इरान सरकारविरूद्ध कडा प्रदर्शन गरेका थिए। नोर्गेसले महिलालाई स्वतन्त्रता दिन माग गरिन्। उक्त प्रदर्शनमा लाखौं इरानी जनता सहभागी थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *