रूसी सेनामा भर्ती भएका नेपाली युवाको मृत्युबारे सरकारसँग जानकारी माग
नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले रूसी सेनामा भर्ती भएका नेपाली युवाको मृत्यु भएको भन्दै यसरबारे सरकारसँग जानकारी माग गरेका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले यसअघि पनि रूसी सेनामा भर्ती नेपाली यूवाको बारेमा प्रश्न उठाउँदा आफ्नै पार्टीका परराष्ट्रमन्त्री एनपी साउदबाट ठोस जवाफ नआएको बताए।
उनले यसबाट आउन सक्ने भयावह अवस्थाबारे सरकारको धारणा माग गरे।
‘रसियन सेनामा नेपाली युवाको भर्तीले समस्या ल्याउन सक्ने भनेर यसअघि पनि मैले यहाँ उठाएको थिएँ। अहिलेसम्म हाम्रै दलको मन्त्रीले ठोस जवाफ दिनुभएन,’ सांसद बजगाईंले भने, ‘फेरि दोहोर्याएर भन्न चाहन्छु, नेपाली युवाले रसियन सेनामा भर्ती भएर मृत्युसमेत भइसकेको अवस्था छ। यो भयावह अवस्था आउन सक्नेबारे सरकारको धारणा के छ?’
सांसद जगाईंले नेपाल र रूसबीच सन् १९५६ देखि सम्बन्ध रहेको र नेपालमा रूसी दूतावाससमेत रहेकाले रूस सरकारको धारणा के छ भनेर परराष्ट्रमन्त्रीले जिज्ञासा राखे/नराखेकोबारे समेत प्रश्न गरे।
प्रतिक्रिया