भद्रकालीमा सेनाकाे ट्रकले ठक्करदिँदा स्कुटर चालककाे मृत्यु

नेपाली सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालक युवतीको मृत्यु भएको छ। काठमाडौंको भद्रकालीमा बिहीवार राती ट्रक र स्कुटर एक आपसमा ठोक्किदा घाइते भएकी स्कुटर चालक आकृति शर्मालाई तत्काल उपचारको लागी राष्ट्रिय ट्रमा सेन्टर लगिएकोमा केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए ।

बिहीवार राती साढे सात बजे भद्रकाली मोडमा सेनाको ट्रकले काठमाडौँ महानगरपालिका–१३ ताहचल घर भएकी ३२ वर्षीया शर्मालाई ठक्करदिँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बागमती प्रदेश ०२ ०१८ प ९२७७ नम्बरको स्कुटर चालक शर्मालाई सेनाको प्र.३०१–००१ ग ३७०५ नम्बरको ट्रकले ठक्कर दिएको हो।

दुर्घटनापछि ट्रक चालक नेपाली सेनाका हुद्धा महोमद नुरेन देवानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर