सिक्किमको बाढीमा परेर १४ जनाको मृत्यु, १२० बढी बेपत्ता

बेपत्ता एक भारतीय सैनिकको सकुशल उद्धार

भारतको उत्तरपूर्वी राज्य सिक्किममा आएको बाढीमा परी १४ को ज्यान गएको छ भने १२० जनाभन्दा बढी बेपत्ता भएका छन्।

हिन्दुस्तान टाइम्सका अनुसार सरकारी अधिकारीहरूले अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् भने १२० जना बेपत्ता छन्।

यसैबीच बाढीमा परेर बेपत्ता भारतीय सेनाका २३ मध्ये एक जवानको सकुशल उद्धार गरिएको छ। भारतीय सेनाका अधिकारीले बुधबार साँझ एक जवानको सकुशल उद्धार गरिएको जनाएको छ।

उद्धार गरिएका जवानको स्वास्थ्य अवस्था सामान्य रहेको र उनको उपचार भइरहेको बताइएको छ।

बुधबार बिहान परेको भारी वर्षापछि सिक्किमको टिस्टा नदी किनारमा रहेको लिचेन भ्यालीमा एक्कासी बाढी आएको थियो।

लगातारको वर्षाका कारण उद्धार कार्यमा समस्या भइरहेको अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *