नेपाल बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा समता पन्त

नेपाल बैंक लिमिटेडको सञ्चालक समितिले बैंककी नायब कार्यकारी अधिकृत समता पन्तलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा नियुक्त गरेको छ।

बैंक सञ्चालक समितिको गत आइतबारको निर्णयअनुसार पन्तलाई असोज १५ गतेदेखि लागू हुने गरी कामु सीईओमा नियुक्त गरिएको हो।

बैंकका सीईओ कृष्णबहादुर अधिकारीको कार्यकाल असोज १४ गते सकिएपछि पन्तलाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओको जिम्मेवारी दिइएको हो।

एमबीएसम्मको अध्ययन गरेकी पन्तले २ दशक बढी बैंकको विभिन्न जिम्मेवारीमा रहेर काम गरेकी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर