बजार अनुमगन प्रभावकारी बनाउन सरकारलाई संसदीय समितिको निर्देशन
प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चाडपर्वको बेला उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ ।
बुधबार बसेको समितिको बैठकको निर्णय सुनाउँदै सभापति अब्दुल खानले दशैं, तिहार, छठलगायत चाडबाडमा हुन सक्ने कृत्रिम अभावलाई ध्यानमा राखेर अनुगमन प्रभावकारी बनाउन निर्देशन दिइएको जानकारी दिए ।
चाडबाडलक्षित सहुलियत मूल्य पसलको संख्या बढाउन, कर्णालीलगायत दुर्गम जिल्लामा खाद्यवस्तुको अभाव हुन नदिन र कालोबजारी, कृत्रिम अभावलगायतका समस्या समाधान गर्न बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिइएको उनको भनाइ छ ।
उनले भने ,‘चाडबाडलाई लक्षित गरी सरकारले देशका विभिन्न स्थानमा सहुलियत मूल्य पसल स्थापना गर्ने निर्णय गरेकामा त्यो स्वागतयोग्य छ । यस्ता सहुलियत पसल थप विस्तार गरी सबै नागरिकमाझ उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाउन समिति मन्त्रालयलाई निर्देशन दिन्छ ।’
त्यस्तै कर्णाली प्रदेशलगायतका विभिन्न दुर्गम जिल्लामा खाद्यान्न अभाव हुन नदिन र बजारमा सुपारी व्यवसायको समग्र अवस्थाबारे सरोकारवालासँग थप जानकारी लिएर यस विषयमा समितिले थप अध्ययन गर्ने निर्णयसमेत गरेको छ ।
- ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव, सुरक्षित डिजिटल बैंकिङ सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड
- ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सव : फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना
- परराष्ट्रमन्त्रीद्वारा प्रथम महिला राजदूत शाहप्रति श्रद्धाञ्जली
- स्वर्णलक्ष्मीमा पनि रविसहित ४४ जना प्रतिवादी बनाउने अनुसन्धान प्रतिवेदन
प्रतिक्रिया