भेपमा सुन तस्करी प्रकरण : चिनियाँ नागरिकका गाडी चालक पक्राउ

विद्युतीय चुरोट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा तस्कर समूहका चिनियाँ नागरिक दावोजिन वाङका गाडी चालक लोकेन्द्र पौडेल पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो।

गत वर्ष पुस १० गते फ्लाई दुबईको जहाजमार्फत ९ किलो सुन भेपमा तस्करी गरेर काठमाडौं भित्र्याइएको थियो।

उक्त प्रकरणमा नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको पनि संलग्नता रहेको भन्दै उनीहरूमाथि पनि अनुसन्धान गर्न दबाब बढेको थियो।

सीआईबीले १३ भदौमा महराका छोरा राहुललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। प्रकरणमा सीआईबीले सोमबार महरालाई समेत बयान कागज गराएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा नियमित जाँचका क्रममा गत वर्ष पुसमा दुईवटा सुटकेशभित्र ७३ बट्टामा ७३० वटा भेप बरामद भएको थियो।

गोदाममा राखिएका बेला त्यसमा सुन भएको थाहा पाएपछि भन्सारका नायब सुब्बासमेतको मिलेमतोमा भेप साटफेर गरेर ९ किलो सुन बिक्री गरिएको खुलेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *