सिक्किमको टिस्टा नदीमा एक्कासी आएको बाढीमा परी २३ भारतीय सैनिक बेपत्ता

भारतको उत्तरपूर्वी राज्य सिक्किमको टिस्टा नदीमा भीषण वर्षापछि एक्कासी आएको शक्तिशाली बाढीमा परी २३ जना भारतीय सैनिक बेपत्ता भएका छन्।

‘उत्तर सिक्किमको ल्होनाक तालमा अप्रत्याशित रूपमा बादल फाट्दा टिस्टा नदीमा बाढी आयो, २३ सैनिक बेपत्ता भएको र केही सवारी साधन डुबेको खबर छ,’ भारतीय सेनाले भनेको छ, ‘खोजीकार्य जारी छ।’

उक्त दुर्गम क्षेत्र नेपालसँग भारतको सीमा नजिक पर्छ। साथै ल्होनाक ताल विश्वको तेस्रो सबैभन्दा अग्लो हिमाल कञ्चनजंघालाई घेरेको हिउँको चुचुरोमा रहेको हिमनदीको फेदमा अवस्थित छ।

चुङथाङ बाँधभन्दा माथि पानी छोडिएका कारण सामान्य अवस्थाभन्दा पानीको सतह पहिला नै १५ फिट माथि रहेको सेनाले बताएको छ।

भारतीय सेनाका प्रवक्ताले जारी गरेको एउटा भिडियोमा जंगली क्षेत्रमा पानीको तीव्र धारले सडकहरू बगाएको र बिजुलीका तारहरू चुँडाएको देखिएको छ।

सामान्यतया भारतमा जुनदेखि सुरू भएर सेप्टेम्बरमा सकिने मनसुनको समयमा अचानक बाढी आउनु सामान्य हो। अक्टोबरसम्ममा मनसुनी वर्षा सामान्यतया सकिसकेको हुन्छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *