नेपालसहित भारत र चीनमा भूकम्पको धक्का
१६ असोज २०८० १५:२७
नेपालसहित छिमेकी राष्ट्र भारत र चीनसम्म भूकम्पको धक्का महसुस भएको छ।
मंगलबार दिउँसो २ बजेर ५१ मिनेटमा पश्चिम नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो।
३ बजेर ५ मिनेटमा काठमाडौंमा समेत भूकम्पको धक्का महसुस भएको थियो।
उता छिमेकी राष्ट्र भारतको दिल्ली-एनसीआर साथै चीनमा समेत भूकम्पको धक्का महसुस भएको छ।
प्रतिक्रिया