दोलखाबाट बरामद ११ किलो सुन प्रकरणमा चिनियाँसहित थप ३ जना पक्राउ

चिनियाँले नै सुन मगाएको निष्कर्ष

दोलखाबाट बरामद तस्करीको ११ किलो सुन प्रकरणमा थप ३ जना पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंको स्यम्भूबाट चिनियाँ नागरिकसहित थप ३ जनालाई पक्राउ गरेको हो।

चिनियाँ नागरिक साथी भनिने गेङ्रु, उनका सहयोगी सनत प्रधान र सुन किनबेचमा संलग्न लालबहादुर तामाङलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले पुष्टि गरेका छन्।

एसपी अधिकारीका अनुसार पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय दोलखा पठाउने तयारी गरिएको छ।

पक्राउ परेकामध्ये चिनियाँ नागरिक गेङ्रुले नै चीनबाट सुन मगाएको पाइएको अनुसन्धानमा संलग्न अधिकृतको भनाइ छ।

यस प्रकरणमा यसअघि ७ जना पक्राउ परिसकेका छन्। यो गिरोहले दोलखाको नाकाबाट आलुको बोरामा लुकाएर सुन तस्करी गर्ने गरेको खुलेकाे छ।

तीन पटकमा ११ किलाे सुन बरामद भएकाे हाे। घटनाबारे जिल्ला प्रहरी कार्यालय दोलखाबाट अनुसन्धान भइरहे पनि यसमा संगठित अपराधको कसुरसमेत आकर्षित हुने भएकाले सीआईबीले पनि अनुसन्धान गरिरहेको छ।

सीआईबीका अनुसन्धान अधिकृतका अनुसार गिरोहले चीनबाट तस्करी गरेर दोलखाको लामाबगर हुँदै भित्र्याएको सुन काठमाडौंको बौद्ध, ठमेललगायतका क्षेत्रमा बिक्री हुने गरेको पाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर