वीरगञ्जमा अनधिकृत रूपमा भण्डारण गरेर राखिएको २,३२५ किलो केराउ बरामद

जिल्ला प्रहरी कार्यालय पर्साले अनधिकृत रूपमा भण्डारण गरेर राखिएको २,३२५ किलो केराउ बरामद गरेको छ।

सोमबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका-१६, रेल्वे सडकखण्डमा अजय साहले सञ्चालन गरेको जय माँ गाला किराना स्टोरबाट सो केराउ बरामद गरेको हो।

अनधिकृत रूपमा २५ किलोका दरले ९३ बोरामा भण्डारण गरी राखिएको करिब २ लाख ७९ हजार रूपैयाँ बराबरको केराउ बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद केराउ थप अनुसन्धान तथा कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर