हेटौंडामा सवारी दुर्घटना हुँदा नौ जना घाइते

बागमती प्रदेशको राजधानी हेटौँडामा आज बिहान सवारी दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने मकवानपुरको हेटौँडा-१५, चुरिमाइस्थित सवारी दुर्घटना हुँदा नौ जना घाइते भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश २-०३-००१ ज २११ नम्बरको विङ्गर र नेपालगञ्जबाट सिन्धुलीतर्फ जाँदै गरेको ना ७ ख १६४३ नम्बरको बस एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर घाइते भएकाको परिचय नखुेको र उनीहरूलाई उद्धार गरेर उपचारका लागि हेटौँडा अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । दुबै सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर