गौशालामा डाइग्नोस्टिक सेन्टरका सञ्चालकमाथि चक्कु प्रहार, घटनास्थलबाट पिस्तोल बरामद

काठमाडौंको गौशालामा एक जनामाथि चक्कु प्रहार भएको छ।

सोमबार दिउँसो अज्ञात व्यक्तिले काठमाडौं महानगरपालिका-९ स्थित पिंगलास्थानमा सञ्चालित पीके डाइग्नोस्टिक सेन्टरका सञ्चालक सबिर हुसेनमाथि चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।

चक्कु प्रहार गर्ने व्यक्ति फरार छन्। चक्कु प्रहारबाट घाइते भएका हुसेनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको छ।

घटनास्थलबाट चक्कुसँगै एक थान कटुवा पिस्तोल र गोली पनि बरामद भएको छ। प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले बोकेको पिस्तोल घटनास्थलमा खसेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर