अभिनेता अनमाेल रिहा

प्रहरीले अभिनेता अनमाेल केसीलाई हाजिरी जमानीमा रिहा गरेकाे छ। प्रहरीले पक्राउ गरेपछि स्वास्थ्यमा समस्याका कारण निजी अस्पतालमा भर्ना रहेका उनलाई प्रहरीले बाेलाएकाे समयमा उपस्थित हुनेगरि रिहा गरिएकाे हाे ।

प्रहरीले अभिनेता केसीले हिरासत बाहिर रहँदा प्रमाण नष्ट गर्न नसक्ने, फरार हुन नस्कने र स्वास्थ्यमा समस्या रहेका कारणसहित परिवारकाे राेहबरमा रिहा गरेकाे हाे ।

आपराधिक विश्वासघातको आराेपमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई आजै तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको थियाे।

न्यायाधीश कृष्णप्रसाद सुवेदीले अनमोललाई पहिलो पटक ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई भक्तपुरको साँगाबाट शुक्रबार पक्राउ गरेको थियाे।

‘रावायण’ चलचित्रमा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरूद्ध दिएको आपराधिक विश्वासघातको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनीमाथि १ करोड १५ लाख रूपैयाँको आर्थिक विश्वासघात गरेको आरोप रहेको प्रहरीले जनाएको छ।

उनले फिल्म ‘रावायण’ मा अभिनय गर्न सहमत हुँदै १० लाख रकम लिएको र उनी सहमत भएपछि अन्य कलाकारहरूसहित गरेर निर्माण प्रक्रियामा एक करोड १५ लाख खर्च भइसकेपछि फिल्म खेल्न अस्वीकार गरेको भन्दै उनीविरूद्ध प्रहरीमा उजुरी परेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *