जी-२० को सफलता भारत-अमेरिका साझेदारीको सफलता हो : विदेशमन्त्री जयशंकर

भारतका विदेशमन्त्री एस (सुब्रह्मण्यम) जयशंकरले जी-२० शिखर सम्मेलनको सफलता भारत-अमेरिका साझेदारीको सफलता भएको बताएका छन्।

‘शिखर सम्मेलनमा भारत र अमेरिकाको समझदारी, सहयोग, साझेदारी र सहकार्यका साथै साझा दृष्टिकोणको पनि सम्मिश्रण थियो,’ शनिबार वाशिङ्टन डीसीस्थित इण्डिया हाउसमा ‘कलर्स अफ फ्रेन्डशिप’ कार्यक्रममा भारतीय कूटनीतिज्ञलाई सम्बोधन गर्दै विदेशमन्त्री जयशंकरले भने, ‘जी-२० शिखर बैठकमा विश्वका नेताहरूलाई एकै स्थानमा भेला गर्नु चुनौतीपूर्ण थियो तर त्यसमा हामी सफल भयौँ।’

अमेरिकी साथ र सहयोगका लागि वाशिङ्टनलाई श्रेय दिँदै विदेशमन्त्री जयशंकरले वैश्विक चुनौती सामना गर्न भारत र अमेरिकाले साझेदारी गरिरहेका बताए।

गान्धी जयन्तीको पूर्वसन्ध्यामा भएको उक्त कार्यक्रममा उनले महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्दै जी-२० का सन्देश पनि गान्धीका सिद्धान्तकै सेरोफेरोमा रहेको बताए।

‘संसारलाई साझा घर मान्ने र यसका बासिन्दालाई आफ्नै परिवार ठान्ने’ प्राचीन परम्पराप्रति गान्धीको लगाव रहेको विदेशमन्त्री जयशंकरले बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *