शकांस्पद बिलबिजकसहित ४६ लाखको सामान बोकेको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय पर्साले बिलबिजकभन्दा बढीको सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ।

बिहीबार राति साढे ११ बजे वीरगञ्ज महानगरपालिका वडा नं. १४, गण्डकस्थित सडकखण्डबाट ना ४ ख २४७१ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो।

प्रहरीले बिलबिजकभन्दा बढीको हार्डवेयर तथा खुद्रा समानहरू बोकेको मालवाहक ट्रक वीरगञ्जबाट सप्तरीतर्फ जाँदै गरेको सूचनाका आधारमा उक्त ट्रकलाई रोकेर चेकजाँच गरेको थियो।

सो क्रममा ट्रकमा बिलबिजकभन्दा बढीको सामान लोड रहेको तथा बिलबिजक संकास्पद देखिएकाले नियन्त्रणमा लिइएको डीएसपी कुमारविक्रम थापाले बताए।

बरामद सामानको मूल्य ४६ लाख ५९५ रूपैयाँ अनुमान गरिएको छ।

बरामद सामान अनुसन्धान तथा कारबाहीका लागि शुक्रबार राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर