चिकित्सक कुट्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छ।

चिकित्सकमाथि हुने गरेको दुर्व्यवहारका सम्बन्धमा गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र स्वास्थ्यसँग सम्बन्धित संघ-संस्थाहरूसँगको छलफलपछि समितिले दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो।

चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न र सुरक्षित वातावरण तयार पार्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने र स्वास्थ्य क्षेत्रका समस्याबारे अध्ययन गर्न उपसमिति गठन गर्ने तथा कार्यदल गठन गर्ने
निर्णय भएकाे समितिका सभापति भानुभक्त जोशीले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर